वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकले ल्यायो छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 01:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा छुट योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न  क्यास लेस कारोवारमा छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

बैंकका अनुसार योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत रु १००० वा बढीको कारोबार गर्दा १६% वा बढिमा रु २०० सम्म क्यासब्याक दिइने छ । यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १६% वा बढिमा रु २०० सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । 

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको उल्लेख गरेको छ । साथै बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बंैकिङ्ग मार्फत रु ५०० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० सम्म क्यासब्याक प्रदान गरिने योजना बैंकले ल्याएको छ ।

बैंकले १८२ वटा शाखा,  १३९  वटा ए.टि.एम,३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved