नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 02:34:54 PM मा प्रकाशित

laxmi sunrise bank

नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्‍वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्‍वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved