राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारी तथा शाखा पुरस्कृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 05:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सव अवसरमा घोषणा भएको पुरस्कारहरु कर्मचारीलाई प्रदान गरेको छ  । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई प्रदान गरिएको बैंकले जनाएको हो ।

 बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका हुन्। कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ। त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद  रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरिएको छ।

 कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ। 

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।  

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,मार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved