हिमालयन बैंकद्वारा संकटा फुटबल क्लबलाई दश लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 11:18:34 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको जनाएको छ। 

बैंकका तर्फबाट बैंकका अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम संकटा क्लबका अध्यक्ष  इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंक र क्लबका  वरिष्ठ पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved