नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 01:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका  मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ ।  सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका  परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्ने बैंकले जनाएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved