
नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यरिचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन कार्यक्रममा नेपाल बैंकको कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारी लगायत पनि उपस्थित थिए ।