सनराइज बैंकका ग्राहकलाई केएफसी, क्रिमबेल र पिजा हटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 09:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्धन गर्न सन्राइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले केएफसी, क्रिमबेल र पिजा हटमा छुट पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पे क्यु आर स्क्यान गरि देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, क्रिमबेल र पिजा हटमाका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम रु २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउने छन्।

यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved