एनआईसीले सुरु गर्यो एपमार्फत रेमिटेन्स रकम प्राप्त गर्न सकिने सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 06:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल कारोबारमा थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यो सेवा सुरु गरिएको र यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NIC ASIA MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार यस सेवापश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved