बजारमा अधिक तरलता, २० अर्ब फिर्ता लैजादै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 02:02:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले असार १० गते आइतबार रिभर्स रिपो बोलकबोल गरेर २० अर्ब रकम प्रणालीबाट फिर्ता लैजान लागेको हो ।  यो  सात दिनको भुक्तानी अवधि भएको रु २० अर्वको रिभर्स रिपो हो ।

यस अघि राष्ट्र बैंकले असार ७ गते १० अर्ब रकम रिभर्स रिपो मार्फत फिर्ता लगेको थियो । राष्ट्र बैंकले ३.०१ प्रतिसहत औषत भारित व्याजदरमा १० अर्ब फिर्ता लागेको हो । 

असार ७ अगाडी भने चालू आवमा यस भन्दा अघि १२ माघ २०७९ मा सात दिनको भुक्तानी अवधि भएको रु ५ अर्वको रिभर्स रिपोको वोलकवोल गरेको थियो। त्यतिवेला भारित औषत व्याजदर ४.३२९०% कायम भएको थियो।

अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ।  

राष्ट्र बैंकले यस अघि असार ६ गते बुधबार २२ महिना यता कै सस्तो ब्याजमा आन्तरिक ऋण उठाएको थियो।  नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बार्षिक ६.९३  प्रतिशतको ब्याजमा ६ बर्षका लागि १० अर्ब ऋण लिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved