मर्जर र एफपिओको करबारे अर्थमन्त्रीले भने 'मैले रोक्न सक्ने अवस्था थिएँन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 06:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.प्रकाश शरण महतले एफपिओ, तथा मर्जरको करको विषय आफुले रोक्न सक्ने अवस्था नै नरहेको बताएका छन् । नेपाल उद्योग परिसंघको साधारणसभालाई सम्बोधन गर्दै उनले महालेखा परिक्षकको कार्यालयले कर उठाउनु पर्छ भनेकोले आफुले त्यसलाई राहत दिनको लागि केहि छुट दिएर राहत दिने व्यवस्था ल्याएको उनले बताए । 

मन्त्री महतले यो कुनै नयाँ कर समेत नभएको प्रष्ट पारेका छन् । उनले आफुले केहि पनि नचलाएको बताउदै महालेखाले कर लाग्छ भनेको र महालेखाले भनेको विषयमा सरकारले रोक्न नमिल्ने बताएका हुन् । 

उनले यस बारे ब्याख्या गर्ने अधिकार आफुलाई नभएकोले यसको ब्याख्या  अदालतले मात्र गर्न सक्ने बताए । उनले भने 'मैले राहत मात्र दिएको हो, यसको अन्तिम निर्क्यौल म बाट हुँदैन, महालेखाले भनेको विषय मैले काट्न सक्ने अवस्था पनि थिएन'। 

उनले करको विषय हिजो जे थियो आज पनि त्यहि रहेको र महालेखाले तिर्नु पर्छ भनेको करमा छुट दिएर राहत दिएको दाबी गरे 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved