सनराइज बैंकद्वारा कृत्रिम अंग प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 08:54:42 PM मा प्रकाशित

nepal oil ltd

सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले रोटरीका कार्यक्रम संयोजक  डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकमले २० जनालाई कृत्रिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको बैंकले जनाएकोछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको उल्लेख गरेको छ ।


 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved