ग्लोबल आइएमई बैंकका कर्मचारीलाई आईएफसीद्वारा तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 07:43:20 PM मा प्रकाशित

laxmi sunrise bank

 ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिव ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरिएको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगम (आईएफसी)को सहकार्यमा सम्पन्न भएको हो ।

बैंकका अनुसार उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस्  र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई अन्तर्राष्ट्रिय वित्तिय निगमका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved