जनता बैंकको कमाण्ड परशुराम कुवरले सम्हाल्ने, यस कारण लम्सालले दिए राजिनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 10:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालको प्रमुख कार्यकारीको पदबाट कुमार लम्सालले राजिनामा दिएका छन। लम्सालको राजिनामा पश्चात जनता बैंक नेपालको प्रमुख कार्यकारी को बन्ने भन्ने अनेक चर्चा चल्न थालेको छ। यद्दपी जनता बैंकको कमाण्ड परशुराम कुमार क्षेत्रीले सम्हाल्ने जनाइएको छ।

लम्सालले व्यक्तिगत कारण देखाएर पदबाट राजिनामा दिएका हुन। यद्दपी उनि अमेरिका जाने भएकाले राजीनामा दिएको बुझिएको छ।खराब अवस्थाबाट गुज्रिएको जनता बैंकलाई सहि मार्गमा ल्याउने र  वित्तीय रुपमा सफल बनाउन लम्सालको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यस्तै त्रिबेणी विकास बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंकसंगको सफल मर्जर पनि उनको योगदानमा जोडिएको छ।      

२ बिकास बैंकसंगको मर्ज पश्चात बनेको जनता बैंकको कमाण्ड अब परशुराम कुमार क्षेत्रीले सम्हाल्ने छन। जनता बैंकका भावी प्रमुख कार्यकारी क्षेत्रीले नेपालको इतिहासमै पहिलो पटक कमर्शियल बैंकलाई सफल रुपमा मर्ज गराएका थिए। बैंक अफ एसिया र एनआईसी बैंकलाई मर्जर गराई आजको सफल एनआईसी एसिया बैंक बनाउनुमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ।

तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकको प्रमुख कार्यकारी भएर काम गरेका क्षेत्रीले जनता बैंकलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ। उनीसंग नेपाल बैंक, स्ट्यान्डर्ड चार्टड बैंक , सिटिजन बैंक लगायतका संस्थाहरुमा विभिन्न पदमा रहेर काम गरेको अनुभब रहेको छ।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved