राष्ट्र बैंकद्वारा दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, के के व्यवस्था फेरिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 09:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ । राष्ट्र बैंकले व्यवस्थापन समितिको मिति २०८०/०१/२५ मा बसेको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०) २०७६ स्वीकृत भई कार्यान्वयनमा आएको जनाएको हो।

तेस्रो संशोधनमा 'कार्य दिन'को परिभाषा समावेश गरिएको छ । यस अघि कार्य दिनको परिभाषा थिएन । “कार्य दिन” भन्नाले नेपाल सरकारले मुलुकभर लागु हुने गरी सार्वजनिक बिदा घोषणा गरेको दिन बाहेक RTGS प्रणाली सञ्चालन भएको दिन सम्झनु पर्ने उल्लेख छ। 

दैनिक तथा ओभरनाइट तरलता सुविधासम्बन्धी व्यवस्थाअन्तर्गत सुविधाको सीमा तथा भुक्तानीसम्बन्धी व्यवस्था परिमार्जन गरिएको छ। यस अघि ILF Returns Periods को व्यवस्था रहेकोमा अब Liquidity Management Period को व्यवस्था गरिएको छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आर.टि.जि.एस. प्रणालीको Liquidity Management Period मा राफसाफ खातामा रहेको मौज्दातबाट संस्थाले उपयोग गरेको तरलता सुविधा बापतको रकम शोधभर्ना गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी शोधभर्ना हुन नसकेको सुविधा रकमलाई ओभरनाइट तरलता सुविधाको रुपमा गणना गरिनेछ । यस अघि सोधभर्नाको वुवास्था थिएँन।

त्यस्तै अब ३ ओभरनाइटमा कार्यदिनको सट्टा २ ओभर नाइट कार्यदीन हिसाब राफसाफ गर्नु पर्ने छ । जस अनुसार सहभागी संस्थाले लगातार दुई कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा दोस्रो कार्यदिनको आर.टि.जि.एस. Liquidity Management Period मा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२:०० बजेभित्र उक्त रकम भुक्तानी गर्नुपर्नेछ र उक्त दिन रकम भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा १०० प्रतिशत बराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनु पर्नेछ । उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा नीतिगत दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ । यस्तो रकम भुक्तानी भएपश्चात् सीमाभन्दा बढी धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ ।


उदाहरणका लागि:
१. सहभागी संस्थाले आइतबारको दिन RTGS प्रणालीको कारोबारको क्रममा लिएको ओभरनाइट तरलता सुविधा दुई कार्य दिनभित्र अर्थात् मंगलबार (बीचमा कुनै पनि दिन सार्वजनिक बिदा नपरेको अवस्थामा) RTGS प्रणालीको कारोबार समयभित्र फिर्ता भुक्तानी गर्न नसकेमा त्यसको भोलिपल्ट अर्थात् बुधबार दिउँसो १२:०० बजेभित्र उक्त रकम भुक्तानी गर्नुपर्नेछ । अन्यथा थप सुरक्षण धितो राखी आफ्नो निर्धारित सीमा कायम गर्नुपर्नेछ ।


२. शुक्रबारको दिन RTGS प्रणालीको कारोबारको क्रममा लिएको ओभरनाइट तरलता सुविधा दुई कार्य दिनभित्र अर्थात् सोमबार (शनिबार सार्वजनिक बिदा हुने भएकोले) RTGS प्रणालीको कारोबार समयसम्म फिर्ता भुक्तानी गर्न नसकेमा मंगलबार दिउँसो १२:०० बजेभित्र उक्त रकम भुक्तानी गर्नुपर्नेछ । अन्यथा थप सुरक्षण धितो राखी आफ्नो निर्धारित सीमा कायम गर्नुपर्नेछ । 

साथै  कार्य दिन बाहेक बिदाका दिनमा RTGS प्रणाली सञ्चालन भएको अवस्थामा सहभागी संस्थाहरुले दैनिक तरलता सुविधा तथा ओभरनाइट तरलता सुविधा उपभोग तथा चुक्ता गर्न सक्ने व्यवस्था गरिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved