सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिकको लागि भवन निर्माणमा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 01:14:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालगन्ज स्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत  धम्बोझी ०२, नेपालगन्ज स्थित उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे जनाएको हो ।

बैंकले  एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।

बैंकले १८४ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

                                                              


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved