एनएमबि बैंकले किसानलाई बिना धितो ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 07:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक र खेती एपबीच सम्झौता भएको छ ।  सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र खेति एपका प्रमुख कार्यकारी अधिकृत तुल्सि गिरीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकले खेती एप मार्फत किसानलाई बिना धितो कर्जा दिने छ । बैंकले न्युनतम १० हजारदेखि दुई लाख सम्मको कर्जा दिने र सो कर्जा पूर्ण रुपमा डिजिटल माध्यमबाट लिन सकिने बैंकले जनाएको छ  । बैंकका अनुसार किसानले न्यूनतम ३ महिनाका लागि कर्जा पाउने छन् र अधिकतम सीमा २४ महिना रहने छ । 

कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने जनाइएको छ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । यस सम्झौताले कृषिलाइ प्रविधि जोड्न, कर्जा छिटो छरितो पाउन र समान बिक्री वितरण किन्न सहज हुने बैंकले जनाएको छ । यस्तो कर्जाको ब्याजदर सुरुको तिन महिनाका लागि बैंकको आधार दरमा ०.५ प्रतिशत थपेर उपलब्ध हुने बैंकले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved