एनएमबि बैंकमा अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 10:17:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले दुई अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार  सो अफर श्रावण मसान्त सम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved