बजारमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा २९ अर्बको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 08:37:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारको अधिक तरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले बजारमा तरलता अधिक भएपछि मंगलबार रिभर्स रिपो जारी गरेर २० अर्ब तरलता तान्न खोजेको थियो । राष्ट्र बैंकले २० अर्ब तान्न खोज्दा बैंकहरुले २८ अर्ब ८० करोड रुपैयाँका लागि आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलवारको रिभर्स रिपोमा ११ ओटा बैंक तथा वित्तीय संस्थाले ६१ ओटा बोलकबोल पेश गरेका थिए । औसत ब्याजदर भने  ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको छ । अधिकत ५ दशमलव ३७ प्रतिशत र न्यूनतम ४ दशमवल ४९ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले यस अघि असार ७ र १० गते पनि रिभर्स रिपो जारी गरेको थियो । अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved