एक दर्जन वाणिज्य बैंकले ब्याज बढाउँदा ४ वटाले घटाए, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 10:09:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एक दर्जन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याज बढाएका छन्। भदौदेखि लागू हुनेगरि एक दर्जन कमर्शियल बैकले व्यक्तिगत तथा सँस्थागत मुद्दती निक्षेपको ब्याज बढाएका हुन्। 

ब्याज बढाउने बैंकहरुमा नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सिद्दार्थ बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन्। भदौदेखि लागू हुने ब्याज साउन मसान्त अगाडी नै प्रकाशित गर्नुपर्ने कानुनी प्रावधानअनुसार आज साउन ३२ गते सबै बैकहरुले आ-आफ्नो ब्याजदर प्रकाशित गरेका हुन्। 

बढेको ब्याजअनुसार नेपाल बैंक, कृषि विकास बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स बैंकले सँस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिने भएका छन्। यी बैंकहरुले एक वर्ष वा त्यो भन्दा बढी अवधिका लागि व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र सँस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिनेगरि ब्याजदर प्रकाशित गरेका छन्। 

त्यस्तै लक्ष्मी सनराइज, नबिल र प्राइम बैंकको ब्याज दोस्रो तहमा रहेको छ। उनीहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ क्रमश: १०.४, १०.४९ र १०.५ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागततर्फ ८.४, ८.४९ र ८.५ प्रतिशत दिनेगरि ब्याजदर प्रकाशित गरेका छन्। 

त्यस्तै प्रभु, एभरेष्ट, सिद्दार्थ बैंकले करिब करिब उस्तै ब्याज अर्थात व्यक्तिगत मुद्दती निक्षेपतर्फ १० प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागततर्फ ८ प्रतिशत दिनेगरि ब्याजदर प्रकाशित गरेका छन्। 

भदौदेखि लागू हुनेगरि ब्याजको दर स्थिर राख्नेमा नबिल, नेपाल एसबिआई, हिमालायन र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन्। यद्दपि नबिल बैंकले साउनदेखि नै लागू हुनेगरि असारमा नै ब्याजको दर बढाएको थियो। 

त्यस्तै स्ट्याण्डर्ड चार्टड, एनआईसी, प्राइम र एनएमबि  बैंकले भदौदेखि लागू हुनेगरी ब्याजदर घटाएका छन्। यद्दपि एनआईसी, प्राइम र एनएमबिले साउनदेखि नै लागू हुनेगरि असारमा नै ब्याजको दर बढाएका थिए। 

प्रकाशित ब्याजदरअनुसार स्ट्याण्डर्ड चार्टडले मुद्दती निक्षेपमा दिने ब्याज सबैभन्दा कम रहेको छ।

हेर्नुस् सूची: 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved