वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 02:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ ।

नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको हो । 

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजिएम नबराज कोइराला  र प्रभु बैंकका तर्फबाट  सिबिओ रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका छन् ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी बजारमा उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।  

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी इन्डोनेसियामा लोकप्रिय इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् ।

वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ । यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved