यी हुन् सिटिजन्स बैंकका २६ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 01:36:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा सबैभन्दा बढी सेयर स्वामित्व नागरिक लगानी कोषको रहेको पाईएको छ । बैंकले उपलब्ध गराएको विवरण अनुसार बैंकमा कोषको ३.३५ प्रतिशत अर्थात ४७ करोड ५९ लाख १२ हजार ६ सय ९१ रुपैयाँ लगानी रहेको छ । 

त्यस्तै बैंकमा उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात ४६ करोड ९२ लाख ६८ हजार ५ सय ५१ रुपैयाँको सेयर स्वामित्व छ । बढी सेयर स्वामित्व हुने तेस्रो सेयरधनीमा तारा विष्ट छन् । बैंकमा उनको १.६५ प्रतिशत अर्थात २३ करोड ४३ लाख ५१ हजार ४९ सय रुपैयाँ लगानी छ ।

त्यस्तै चौथो बढी सेयर धारण गर्ने बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात २२ करोड ५३ लाख ८५ हजार ५ सय ७८ रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात १९ करोड ४६ लाख ७७ हजार ७१६ सय रुपैयाँको सेयर स्वामित्व छ ।

त्यस्तै दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात १८ करोड ४६ लाख ८६ हजार ३ सय ३८, पवित्र क’मार कार्कीको १.२८ प्रतिशत अर्थात १८ करोड १९ लाख ५४ हजार ७४७ रुपैयाँ, रविन्द्रमानसिहं प्रधानको १‍‍‍२८ प्रतिशत अर्थात १८ करोड १३ लाख ७६ हजार १६७ रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात १६ करोड ८१ लाख २१ हजार ३०५ रुपैयाँ, रमेश शर्माको १.०१ प्रतिशत अर्थात १४ करोड ३९ लाख ८८ हजार ८६३ रुपैयाँ सेयर स्वामित्व रहेको छ । 

१ प्रतिशतभन्दा कम सेयर स्वामित्व धारण गर्ने १६ सेयरधनी

बैंकमा सोनी जोशीको ०.९४ प्रतिशत अर्थात १३ करोड ३२ लाख २९ हजार ६१ रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात ११ करोड ९९ लाख २९ हजार ५९२, जगन्नाथ ज्ञवालीको ०.७३ प्रतिशत अर्थात १० करोड ३९ लाख २४ हजार ८२० रुपैयाँ, शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात १० करोड २९ लाख ७८ हजार ५९८, विष्णु प्रसाद पोखरेलको ०.७१ प्रतिशत अर्थात १० करोड १ लाख ९६ हजार ४४८ रुपैयाँ, सुलोचना राज राजभण्डारीको ०.६८ प्रतिशत अर्थात ९ करोड ६७ लाख ३४ हजार ६१४ रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात ८ करोड ३४ लाख ९४ हजार ४३ रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात ७ करोड ८८ लाख ३३ हजार ४५४ रुपैयाँ, रमिता भट्टराईको नाममा ०.५४ प्रतिशत अर्थात ७ करोड ६८ लाख ७९ हजार ९६१ रुपैयाँको सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । 

त्यसैगरी, मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात ७ करोड ६७ लाख ३७ हजार ७२४ रुपैयाँ, प्रतापजंग पाण्डेको ०.५२ प्रतिशत अर्थात ७ करोड ४३ लाख ३१ ह्जार २२८ रुपैयाँ, राजेश खड्का ०.५१ प्रतिशत ७ करोड २५ लाख ५१ हजार २० रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५१ प्रतिशत अर्थात ७ कररोड २३ लाख २७ हजार ९५ रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५१ प्रतिशत अर्थात ७ करोड १८ लाख २५ हजार ८२९ रुपैयाँ, एसआर हाइड्रो एण्ड इनभेष्टमेन्ट कम्पनीको ०.५० प्रतिशत अर्थात ७ करोड १५ लाख ८३ हजार ९३५ रुपैयाँ र अनिल कुमार ढुँगेलको ०.५० प्रतिशत अर्थात ७ करोड १० लाख ७७ हजार १०७ रुपैयाँ लगानी रहेको देखिन्छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved