वैदेशिक रोजगारले बैंक खाता खोल्नेको संख्या २० प्रतिशतले बढायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 02:33:40 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारका कारण बैंक खाता खोल्नेको संख्या २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदन अनुसार यस्तो देखिएको हो । 

लुम्बिनी प्रदेशमा रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको अध्ययन प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जानूपूर्व ५०.१३ प्रतिशतको बचतखाता रहेकोमा वैदेशिक रोजगारमा गएपश्चात बचत खाता खोल्ने परिवारको संख्या ६९.९७ प्रतिशत पुगेको हो । 

त्यस्तै वैदेशिक रोजगारीमा जानूपूर्व १२.७९ प्रतिशत रहेको कर्जा खातामा पनि वृद्धि भई २९.५० प्रतिशत पुगेको तथ्यांकले देखाउँछ । त्यसैगरी, खाता नहुनेको संख्या ३७.०८ प्रतिशत रहेकोमा वैदेशिक रोजगारीमा गएपश्चात त्यस्तो संख्या शुन्य दशमलव ५२ प्रतिशतमा सीमित भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved