प्रभु बैंकबाट धमाधम बाहिरिंदै संस्थापक सेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 12:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकबाट संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर धमाधम बाहिरिन थालेका छन् । साउन यता मात्रै यस बैंकका १९ संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । यी सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ लाख ८९ हजार ७ सय ७० कित्ता सेयर बिक्री ल्याएका हुन् ।

गतसाताको शुक्रबारमात्रै तीन सेयरधनीले २० हजार २ सय २ कित्ता सेयर बिक्रीमा ल्याएकोमा आज सोमबार अर्का सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । शुक्रबार सेयर बिक्रीमा ल्याउनेमा शुशिला देवी सिंघानिया, रजन श्रेष्ठ र नितु अग्रवाल रहेका छन् । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

त्यस्तै भदौ २२ मा एकैसाथ १५ सेयरधनीले १४ लाख १६ हजार ७ सय ६३ कित्ता सेयर बिक्रीमा राखेका थिए । सेयर बिक्री गरेर बाहिरिन चाहने सेयरधनीमध्येबाट विनिता अधिकारीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ७५ हजार ८ सय ७० कित्ता सेयर बिक्री गर्न लागेकी छन् । त्यसैगरी, बिन्दु कुमार थापाले १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् भने बोध प्रसाद त्रिपाठीले ५८ हजार ६८४, विश्वनाथ कंडेलले ५८ हजार ५५९ कित्ता र कविता पोखरेलले ५० हजार ६६७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । 

बैंकको संस्थापक सेयर बिक्रीमा रोखेका सेयरधनी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved