हिमालयन बैंकले प्रहरीलाई दियो २ लाख ६७ हजार मुल्यको ५ थान क्यामेरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 04:39:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाण्डौंै जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा  प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved