कुमारी बैंकको ८ हजार ७ सय ९२ कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी शुसिल थापाको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।
बैंकको यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी साथै अन्य व्यक्ति वा संस्था र खरिद आवेदन दिन पाउनेछन्।
यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य व्यक्ति तथा संस्था) का लागि बैंकले आवेदन खुला गरेको हो । यो सेयरमा आवेदन दिन इच्छुकले काठमाडौको नक्सालास्थित कुमारी क्यापिटल तथा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सक्नेछन् ।