नबिल बैंकको नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 09:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंको नाफामा गिरावट आएको हो ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रेमासमा १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ जुन गत वर्षभन्दा साढे ६ प्रतिशत कम हो ।

पोहोर सो अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा बैंकसँग ३ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य नाफा छ। जसलाई प्रतिसेयर १३.३४ रुपैयाँका दरले बाँड्ने मिल्छ।

यता स्प्रेड घटे पनि बैंकले खुद ब्याज आम्दानी भने बढाएको छ। हाल ३.९९ प्रतिशतमा स्प्रेड कायम छ। जुन पोहोर साल ४.०३ थियो। तर निक्षेप महंगीएर ९.४५ प्रतिशत रहेको बेसरेट भने ९.६८ पुगेको छ।

असोजसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत वृद्धी भएको छ। बैंकले ४ अर्ब १७ करोड आम्दानी गरेको छ। त्यस्तै, सेवा शुल्क बापतको आम्दानी २०.२१ प्रतिशत बढेको छ।

ब्याज आम्दानी बढे पनि खराब कर्जा नियन्त्रण गर्न नसक्दा बैंकको नाफा साँघुरिएको छ। बैंकले एक अर्ब ११ करोड प्रोभिजनिङ बापत छुट्याएको हो। यस बिच बैंकको कर्जा ६.२७ प्रतिशत र निक्षेप ४.५४ प्रतिशतले बढेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved