नेपाललाई थप ऋण दिने आईएमएफको निर्णय, राष्ट्र बैंकको अडिट गर्न ताकेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 09:07:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाल सरकारलाई बिस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता वापतको ऋण रकम निकासा दिने निर्णय गरेको छ । आईएमएफको कार्यकारी बोर्डले बिस्तारित कर्जा सुविधा (ईसीएफ) को समीक्षा गर्दै नेपाललाई र्हप ऋण रकम निकासा गर्ने निर्णय गरेको हो ।

जस अनुसार आईएमएफले तेस्रो ऋण किस्ता वापत ५२.२५ मिलियन डलर अर्थात् करिब ६ अर्ब ९७ करोड नेपाली रुपैयाँ बराबरको दिने निर्णय गरेको हो ।  यस संगै आईएमएफले नेपाललाई दिने कुल सहयोग २२२.५ मिलियन डलर पुग्ने छ। सन् २०२२ मा आईएमएफले नेपाललाई किस्ता किस्तामा ३७६.५ मिलियन डलर सहयोग दिने सहमति गरेको थियो । बाँकि रहेको रकम आईएमएफले नेपाललाई चौथो किस्ता र पाचौ किस्ताको रुपमा दिने छ । 

यस अघि आईएमएफका सहायक मिसन प्रमुख टिडिएन किंडा नेतृत्वको टिम नेपाल आएर गरेको अध्ययनको क्रममा नेपालले गरिरहेका प्रगति सन्तोषजनक पाएपछि आईएमएफ नेपाललाई तेस्रो किस्ता दिन सहमत भएको थियो । सोहि निर्णय आईएमएफको बोर्डले पारित गरेको हो । आईएमएफले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ  । महंगी दर भने ८.२ प्रतिशत प्रक्षेपण गरेको छ ।  

तेस्रो किस्ता दिने निर्णय संगै आईएमएफका सहायक प्रबन्ध निर्देशक तथा कामु अध्यक्ष बो लिले नेपालले हालसम्म गरेको कामको प्रशंसा गरेका छन् । उनले ठोस मौद्रिक नीति, र बैंकिंग नियमनको प्रशंसा गर्दै कोभिडको समयमा दिइएको सुविधा हटाउने निर्णयको स्वागत गरेका छन् । हाइड्रो सहितका पूर्वाधारमा गरिएको लगानीले नेपालको आर्थिक वृद्धि बढ्ने अपेक्षा आईएमएफले गरेको छ ।

आइएमएफले मौद्रिक नीति कार्यान्वयनको प्रभावकारितामा भने प्रश्न उठाएको छ । आइएमएफले सावधानी पुर्वक र तथ्यांकमा आधारित मौद्रिक नीतिको लागि जोड दिएको छ । त्यस्तै सम्पत्ति सुद्धिकरण निवारणका समबन्धमा  एफएटीएफले गरेका सिफारिसहरु कार्यान्वयनको लागि आएएफले ताकेता गरेको छ । त्यस्तै राष्ट्र बैंकको ऐन संशोधन गर्न र राष्ट्र बैंकको अडिट  गर्न पनि आईएमएफले ताकेता गरेको छ ।
त्यस्तै बैंकहरुको ऋण र सम्पतिको वर्गीकरण गर्ने कार्यलाई निरन्तरता दिनु पर्ने आईएमएफले उल्लेख गरेको छ । १० ठुला वाणिज्य बैंकको ऋण पोर्टफोलियो रिभ्यु गर्ने तयारी भईरहेकोले पनि यो कार्य महत्वपूर्ण रहेको आईएमएफको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved