मौद्रिक नीतिको समीक्षा ढिलो गर्दैमा कुनै आकाश खस्दैन : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 11:07:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा ढिलो गर्दै कुनै आकाश नखस्ने बताएका छन् । सेजनको वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले समीक्षा ढिलाई भएकोमा प्रश्न उठिरहेको भन्दै उनले ढिलो हुँदैमा कुनै आकाश नखस्ने बताएका हुन् ।

उनले मौद्रिक नीतिको समीक्षा नगर्दा पनि हुने टिप्पणी गरे। यद्यपि उनले मौद्रिक नीतिको समीक्षा छिट्टै गर्ने र कार्तिक महिनाको प्रोभिजनल डाटा पर्खिएकोले केहि ढिलाई हुन गएको बताए ।

उनले मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न नसक्ने बताए । मौद्रिक नीतिको आफ्नै सिमितता रहेकोले सबै समस्याको समाधान मौद्रिक नीति मार्फत आउँन नसक्ने स्पष्ट पारे ।

उनले राष्ट्र बैंकले व्यवसायिक वातावरण राम्रो बनाउने, लगानी मैत्री वातावरण बनाउने, आर्थिक स्थिरता ल्याउने, बैंकिंग क्षेत्रमा स्थायित्व ल्याउने, र जुनसुकै सुधार गर्न राष्ट्र बैंक अग्रसर रहेको उनले बताए । उनले ब्याजदरको विषय पनि बजारलाई नै छोडिएकोले निजि क्षेत्रले भने ब्याज तलमाथि गर्न राष्ट्र बैंकले नसक्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved