
नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकले बिहिबार ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको हो ।
को कहाँ पुगे ?
गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रदिपराज पौड्याल मुद्रा व्यवस्थापन विभागमा सरुवा भएका छन्। मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्य सूचना प्रविधि विभागमा सरुवा भएका छन्।
वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाको बैंकिंग विभागमा सरुवा भएको छ। सूचना प्रविधि विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ।
त्यस्तै बैंकिंग विभागका कार्यकारी निर्देशक दयाराम शर्माको वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ।