बैंकमा पैसा थुप्रिंदा घट्यो अन्तर बैंक ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 01:46:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदै गएको छ । लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर २ प्रतिशतभन्दा पनि तल आइपुगेको छ ।

केही महिना अगाडि ५ प्रतिशतमा रहेको अन्तर बैंक ब्याजदर मंसिर ११ गतेसम्म आइपुग्दा १.८९ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ भने कुल कर्जा ४९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय निक्षेप निरन्तर बढ्दै जादा कर्जा प्रवाह भने ठप्प जस्तै छ । निक्षेपमा बढ्दै गर्दा कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.०२ प्रतिशतमा आइपुगेको छ ।

सीडी रेसियो जति कम भयो त्यती नै बैंकहरुको लगानी क्षमता त्यति नै बढी भएको मानिन्छ । वाणिज्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved