१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 11:27:29 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला केन्द्रिय बैंकले एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम खिच्न लागेको हो । 

आइतबार आज जारी हुने उक्त निक्षेपको एक साता (मंसिर २४ गते) परिपक्व हुनेछ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक कु, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८० मंसिर १७ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

अहिले बजारमा ५ खर्ब रुपैयाँअधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर १.८९ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved