एनआईसी एशिया बैंकले घटायो प्रिमियम दर, अब सबै कर्जामा अधिकतम ३ प्रतिशत मात्र कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 04:46:22 PM मा प्रकाशित

 एनआईसी एशिया बैंकले  सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ ।  मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई वहाँहरूलाई कर्जा भुक्तानीमा सहज हुने विश्वास लिएको बैंकले जनाएको छ । 

  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved