राष्ट्र बैंकको शक्तिशाली विभागका प्रमुखहरुको सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 05:06:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकको निकै शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी कार्यकारी निर्देशक गुरु पौडेललाई दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाको नियमन बिभागलाई बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई नियमन गर्ने अधिकार दिईएको हुन्छ ।

त्यस्तै गुरु पौडेल रहेको भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्टलाई नियुक्त गरिएको छ । भट्ट यसअघि  बैंक तथा वित्तीय संस्था नियमन विभागमा थिए । भुक्तानी प्रणाली विभागमा तानिएका डा भट्ट नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत हुन् ।

त्यसैगरी, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । पौडेलले सम्हालेको विदेशी विनिमय विभागमा तुलसी प्रसाद घिमिरेलाई ल्याइएको छ । तुलसी प्रसाद घिमिरे यस अघि  मानव शंसाधन विभाग प्रमुख थिए ।

वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव शंसाधन विभाग प्रमुखमा सरुवा गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved