
नेपाल बैंक लिमिटेड र भारतको एक्जिम बैंकबीच वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड एसीस्टेन्स प्रोग्राम अन्तर्गत सम्झौता भएको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।
हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी बताईन् । उनले आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि एक्जिम बैंक इन्डियासंगको सहकार्यमा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा रहेको उल्लेख गरिन् ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको बैंकले जनाएको छ।