
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडौँको इमाडोलमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौँ उपत्यका भित्र बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु संचालनमा रहेका छन् ।
नयाँ शाखा संचालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।
बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।