भनेजति पैसा नदिएपछि दुर्गा प्रसाईंका कार्यकर्ताको नियन्त्रणमा बैंकका कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 02:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकले मागेजति कर्जा नदिएको भन्दै दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका कार्यकर्ता भनिने व्यवसायी राजेश बाँस्कोटाले मंगलबार नियन्त्रणमा लिएको बताइएको छ । 

बैंकका अनुसार बास्कोटाले माग गरेजति कर्जा नदिएपछि उनले अपहरणको शैलीमा उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोड पुर्याइएको हो । बास्कोटाले ५ करोड ऋण माग गरेकोमा बैंकले ३ करोड मात्रै ऋण उपलब्ध गराएको बैंकको भनाई छ । 

बैंकका शाखा प्रमुख राहुल चक्रवर्तीले बास्कोटाले माग गरेजति ऋण उपलब्ध गराउन नसक्दा आजको घटना भएको बिजपाटीलाई बताए । 'हामीले उहाँ (बास्कोटा)लाई दिन सक्ने कर्जा दिएकै हौं, गर्न सक्ने सहयोग गरेकै हौं ।' उनले थपे,'बैंकका पनि आफ्ना बाध्यता हुन्छन् । राष्ट्र बैंकको नीति नियममा बसेर हामीले काम गर्ने हो ।' 

उनले अहिले उक्त विषयको समस्या समाधानका लागि दुवै पक्षबीच छलफल चलिरहेको जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved