मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको संचालक समिति बैठक जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 10:24:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित गर्न आज शुक्रबार नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक बसेको छ । बोर्ड बैठक अहिले पनि जारी छ।

बोर्डले पारित गर्ने बित्तिकै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरेको थियो । 

यस अघि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका थिए । हिजो बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।

घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved