मौद्रिक नीति सुधारोन्मुख छ, १.५ प्रतिशतसम्म ब्याजदर घट्न सक्छः हेमराज ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 12:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लिएका नीतिगत प्रावधानले १ देखि १.५ प्रतिशतसम्म ब्याजदर घट्न सक्ने देखिएको बताएका छन् । उनले मौद्रिक नीति सुधारोन्मुख देखिएकाले स्वागतयोग्य नै मान्नुपर्ने भन्दै मौद्रिक नीतिका प्रावधानले बैंकहरुले १ देखि १.५ प्रतिशतसम्म ब्याजदर घटाउन सक्ने देखिएको बताएका हुन् । 

रियलस्टेट र ५० लाख माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झार्नु र ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम हुनु स्वागतयोग्य भएको उपाध्यक्ष ढकालको भनाई छ ।

उनले वास्तविक ऋणीहरुलाई १० प्रतिशत कर्जा तिरेर चैतसम्म पुनरतालिकीकरण गर्न पाउने सुविधा दिएको पनि बताए । निजी क्षेत्रले यस्तो सुविधा एक वर्षको लागि माग गरेको भएपनि राष्ट्र बैंकले चैत सम्मका लागि मात्रै भएपनि दिनु तत्कालका लागि सकारात्मक नै मान्नुपर्ने उनको भनाई छ ।

उपाध्यक्ष ढकालले साना मझौला उद्यम व्यवसाय, निर्यातमूलक उद्योग र उत्पादनमूलक उद्योगका लागि पुनःकर्जा सुविधा माग गरिएकोमा यो सुविधा भने राष्ट्र बैंकले नदिएको गुनासो गरेका छन् । यो पनि निजी क्षेत्रको महत्वपूर्ण माग भएकाले राष्ट्र बैंकले भविष्यमा सम्बोधन गर्नुपर्ने उनको माग छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved