तयार हुनै लाग्यो राष्ट्र बैंकको अत्याधुनिक भवन, क्यासभल्ट जोगाउन विशेष व्यवस्था (फोटोफिचर)

चन्दा कार्की

चन्दा कार्की

Dec 21, 2023 | 02:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको  अत्याधुनिक सुविधासम्पन्न भनिएको भवन हस्तान्तरणको अन्तिम चरणमा पुगिसकेको छ ।  निर्माणमा संलग्न इन्जिनियरका अनुसार भवनको ९९.९ प्रतिशत काम सम्पन्न भईसकेको छ ।

अब बाँकी भनेको टेस्टिङ्गको काम हुँँदैछ । राष्ट्र बैंक सम्पत्ति र सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार  टेस्टिङ्गको काम सकिएपछि निर्माणपक्षका इन्जिनियर र राष्ट्र बैंकका इन्जिनियरले संयुक्त रुपमा परिक्षण गरेपछि उनीहरुले दिएको प्रतिवेदनका आधारमा भवन विभागले राष्ट्र बैंकलाई भवन हस्तान्तरण गर्ने छ। 

निमार्णमा संलग्न इन्जिनियर दिपेश सेडाईका अनुसार भवन अत्याधुनिक सुविधा सम्पन्न बनेको बताउँछन् । उनका अनुसार राष्ट्र बैंकको पहिलेको भवनको पुरात्विक शैलीलाई कायम राख्दै (नियो क्लासिकल मोडलमा) आधुनिक सुविधा सम्पन्न भवन बनाइएको उनको दाबी छ । चार हजार स्क्वाएर फिट क्षेत्रफलमा बनाइएको यस भवनमा ६ वटा ब्लक रहेका छन्।



जमिनभन्दा तल बेसमेन्ट २ तल्ला र जमिनमाथि ४ तल्ला गरी कुल ६ तल्लाको भवन निर्माण भएको छ । बेसमेन्टको पहिलो तलामा क्यास भल्ट राखिने गरी निर्माण गरिएको छ । क्यासभल्टको सुरक्षालाई मध्यनजर गर्दै निमार्णमा ट्याङ बारको प्रयोग गरिएको अर्का इन्जिनियर रामकृष्ण श्रेष्ठ बताउँछन् । उनका अनुसार क्यासभल्टमा प्रयोग गरिएको उक्त ट्याङ्गबारले विशेष सुरक्षा दिने छ। नेपालका लागि यो नयाँ प्रयोग भएको समेत उनको भनाई छ । विस्फोटबाट हुने क्षति साथै सुरुङ्ग खनेर पनि क्यासभल्टमा पुहँच नपुगोस् भन्ने उदेश्यले उक्त ट्याङ्ग बारको प्रयोग गरिएको बताइन्छ । त्यस्तै बेसमेन्टमा रहेको पार्किङ्गमा १०० वटा चार पाँग्रे र १०० वटा नै दुई पाँग्रे सवारी एकैपटकमा राख्न सक्ने क्षमता रहेको छ ।

आवतजावतको सहजीकरणका लागि तीनवटा लिफ्ट बनाइएको छ । लिफ्टको क्षमता एकपटकमा ८ जना बोक्न सक्ने क्षमता रहेको छ । त्यस्तै भित्रबाहिर आवतजावतका लागि तीन वटा इन्ट्रि प्वाइन्टको व्यवस्था गरिएको यस भवनमा आकस्मिक बाहिर निस्कनका लागि तीन वटा इमर्जेन्सी एक्जिटको पनि व्यवस्था समेत गरिएको छ । फायर फिटिङ्गको व्यवस्था पनि भवनमा छ ।



पूर्णतया भूकम्प प्रतिरोधी रहेको भनिएको भवन अपाङ्गमैत्री पनि रहेको विभागका प्रमुख अधिकारी बताउँछन् । ठ्याक्कै यति नै संख्यामा कोठाहरु छन् भन्न नसकिने र पार्टेशन मार्फत अफिसियल रुपमा प्रयोग गर्नेगरी भवन निर्माण गरिएको छ । भवनमा छ वटा ब्लकको व्यवस्था गरिएको छ । 

यो एउटा मेगास्ट्रकचर भएको यस नयाँ भवनमा एउटा मेन अफिस बिल्डङ्ग, अर्को एनेक्श बिल्डिङ्ग छ, जसमा अडिटोरियम हल, क्यान्टिन लगायत रहनेछन् । त्यस्तै सुरक्षाका लागि नेपाल आर्मीको आवासीय बिल्डङ्ग रहनेछ । नेपाल आर्मी पनि छुट्टै ब्लकमा रहनेछ।

त्यस्तै चौथो ब्लकमा आन्तारिक सुरक्षाकर्मीको लागि आवासीय रुपमा बस्ने बिल्डिङ्ग रहनेछ । त्यसैगरी, राष्ट्र बैंकको कर्मचारी युनियनका लागि अलग्गै ब्लकको व्यवस्था नयाँ भवनमा हुनेछ । त्यस्तै इलेक्ट्रीकलका जेनेटर प्याडको लागि पनि अलग्गै ब्लकको व्यवस्था छ । जसमा सर्भिस सेन्टर र मेन्टेन्सको व्यवस्था हुनेछ ।

मेन अफिस बिल्डङ्गमा गर्भनर र डेपुटी गर्भनर सहित १० वटा विभाग बस्ने बताइएको छ । जसमा भुकम्पले क्षति पुर्याएपछि काठमाडौंकै दरबारमार्ग र एनआरएनएको भवनमा रहेका विभाग पनि बालुवाटारको नयाँ भवनमा आउनेछन् । त्यस्तै अन्तरराष्ट्रिय मुद्रा कोषको कार्यालयको लागि पनि सो भवनमा व्यवस्था गर्ने छ ।



२०० भन्दा बढी क्षमताको मिटिङ्ग हल, मेस साथै तीन दर्जनभन्दा बढी शौचालय रहेका छन् । शौचालयमा महिला, पुरुष र अपाङ्गका लागि अपाङ्ग मैत्री शौचालय रहेका छन् । 

भवनको सुरक्षाका लागि भवनको बाहिरी भाग साथै आवश्यक पर्ने सबैजसो कमन प्लेसमा सिसिटीभि क्यामेरा जडान गरिएको बताइन्छ । त्यस्तै विद्युत आपूर्तिमा समस्या हुन नदिनका लागि जेनेटरको व्यवस्था छ । जसले ३ सेकेण्ड भित्रमा विद्युतको आपूर्ति दिने छ । भवनमा पानी आवश्यकता परिपूर्तिका लागि ओवरहेड पानी ट्यांकीको निर्माण गरिएको छ । जसको क्षमता करिब ८० हजार लिटर रहेको छ ।

कहिले हुन्छ हस्तान्तरण ?

निमार्णमा संलग्न इन्जिनियरका अनुसार भवन हस्तान्तरणका लागि अब टेस्टिङ्गको काम मात्रै बाँकी रहेको छ । यसका लागि केही त्रुटी नभेटिएमा एक महिनामा हस्तान्तरण हुनेछ । निमार्ण पक्ष र राष्ट्र बैंकका इन्जिनियरको संयुक्त परिक्षणमा त्रुटी भेटिएमा सो समय केही धकेलिन सक्ने विभागका कार्यकारी निर्देशक अधिकारी बताउँछन् । 



 सेवा लिन  समय लाग्ने

भवनको बाहिरी स्वरुपको कार्य अन्तिम चरणमा पुगेपनि एक महिनामा नै राष्ट्र बैंकका विभाग भने तत्कालै नयाँ भवनमा सरिहाल्न भने पाउने छैनन् । यसका लागि कार्यालयको इन्टेरियरको कार्यका लागि थप समय लाग्ने भएको छ । विभागका कार्यकारी निर्देशक  अधिकारीका अनुसार इन्टेरियरका लागि बोलपत्र आव्हान गर्नै बाँकी रहेको छ । इन्टेरियरका लागि कन्सल्टेन्ट हायर गरिसकिएको र कन्सल्टेन्टको सुझावका आधारमा इन्टेरियरको ठेक्का आव्हान हुने उनले बताए । तर, इन्टेरियर प्राप्त गर्न निकै चुनौतीपूर्ण रहेको राष्ट्र बैंकको बुझाई छ । कार्यकारी प्रमुख अधिकारीका अनुसार नेपालमा यतिको ठूलो मेगा प्रोजेक्टमा इन्टेरियर गरेको कम्पनी नै छैन् । 

उनले कन्सल्टेन्ट हायर गरेको एक महिना बितिसकेको जानकारी दिंदै अबको दुई महिनाका कन्सल्टेन्टले सुझावससहितको प्रतिवेदन दिने र कन्सल्टेन्टको सुझावका आधारमा ठेक्का आव्हान गर्ने तयारी रहेको बताए । ठेक्का लागि नै ३५ दिनको समय दिनुपर्ने हुन्छ । त्यसपछि ठेक्का लागेर काम शुरु भइ सकिन ९/१० महिना लाग्ने देखिन्छ । राष्ट्र बैंकका अनुसार आगामी साउन भदौमा मात्रै नयाँ भवनबाट सेवा दिन सकिने देखिएको छ । त्यस्तै राष्ट्र बैंकले भवनको बाहिरी भागको निमार्ण साथै इन्टेरियरको काम सकिएपछि मात्रै यस नयाँ भवनको उद्घाटन गर्ने सोचमा रहेको जानकारी दिएको छ ।



विवादपछि ठेकेदार परिवर्तन

२०७२ को विनाशकारी भूकम्पले राष्ट्र बैंकको बालुवाटारमा रहेको केन्द्रीय कार्यालयको भवन क्षतिग्रस्त भएको थियो । भवनको निर्माण शुरुमा पप्पु कन्स्ट्रक्शनले निमार्ण गरिने भनिएको भएपनि पप्पु कन्स्ट्रक्शनका विषयमा विभिन्न उजुरी परेर विवाद बढेपछि निमार्णको जिम्मा सिको–समानान्तर जेभीले ठेक्का पाएको थियो ।

सरकारका तर्फबाट भवन विभागले निमार्णको कार्य अगाडि बढाएको हो । भवन विभागले भवन निमार्णको जिम्मा समानान्तरलाई दिएपछि क्षतिग्रस्त भवनको संरचना हटाएर निमार्णको कार्य अगाडि बढाएको थियो । २०७५ फागुन २९ मा निमार्ण सम्झौता भएकोमा तत्कालिन राष्ट्रपति बिद्यादेवी भण्डारीले २०७६ असार २३ गते औपचारिक रुपमा उक्त भवनको शिलान्यास गरेकी थिइन् । 

भवन निर्माणको समयमा भएको सहमति अनुसार २०७८ भदौ २० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, त्यस समयमा आन्तारिक तथा बाह्य क्षेत्रमा भएका विभिन्न परिघटनाले निर्माण कार्य समयमा नै सम्पन्न हुन नसकेको निमार्णमा संलग्न इन्जिनियर र ठेकेदार कम्पनीको भनाई छ । 

भवन निर्माण लागत भ्याट बाहेक १ अर्ब ८६ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved