अन्तर बैंक क्रिकसल प्रतियोगिता सुरु, एनआइसी एशीया र नेपाल बैंकबीच उद्घाटन खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 04:25:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबारबाट अन्तर बैंक क्रिकसल प्रतियोगिता सुरु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक केन्द्रीय समितिद्वारा प्रतियोगिता आयोजनामा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिता रातोपुलस्थित भेलोसिटी क्रिकसलमा सुरु भएको हो । खेलको उद्घाटन नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुङ्गानाले गरेकी हुन् । उद्घाटन खेल एनआइसी एशीया बैंक र नेपाल बैंकबीच भएको हो ।

प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाबाट २७ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ । जसमा २ वटा टिम नेपाल राष्ट्र बैंकबाट सहभागी छ । प्रतियोगिता सोमबारसम्म हुनेछ । 

खेलको बिजेता र उपबिजेताले नगद सहित ट्रफि पाउने छन् । खेलहरु ६ ओभरको हुने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved