डा. भगवान कोइरालाको अस्पताललाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 05:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं इन्स्टिच्युट  फर चाइल्ड हेल्थका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले एक लाख  एकाउन्न हजार बराबरकोे चेक इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेको हो । 

विभिन्न किसिमका बाल रोगको उपचार गर्ने  उद्देश्यले सो इन्स्टिच्युट स्थापना भएको हो । इन्स्टिच्युटका ले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ ।

 बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved