प्रभु बैंकबाट एकैसाथ ११ संस्थापक शेयरधनी बाहिरिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 11:52:46 AM मा प्रकाशित

nepal oil ltd

प्रभु बैंकबाट संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर धमाधम बाहिरिन थालेका छन् । बैंकबाट पछिल्लो पटक एकैसाथ ११ शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर बाहिरिन लागेका हुन ।

यी शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३ लाख ३२ हजार १ सय ४६ कित्ता सेयर बिक्री ल्याएका हुन् । 

बैंकले संस्थापक शेयरधनी सुशिला भट्टको स्वामित्वमा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको छ ।

त्यसैगरी,  तिलक बहादुर प्रधानको स्वामितवमा रहेको ३८ हजार ४४ कित्ता, सीताराम केसीको २६ हजार ५०० कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता शेयर बिक्री गर्न लागेको हो । 

बैंकले यी शेयरधनीको स्वामित्वमा रहेको शेयर खरिदका लागि इच्छुक बैंकको संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved