मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 04:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ रकम निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको उक्त कोषमा रहेको  रकम २०८० माघ ५ गतेदेखि २०८१ माघ ५  गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले अनुमति प्राप्त क, ख र ग वर्गका बैंकलाई निक्षेपको लागि आव्हान गरेको छ । जसमध्ये १ अर्ब ९५ करोड २०  लाख वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १२ करोड २० लाख रुपैयाँ मुद्दतीमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यही पुस  १९ गतेदेखि पुस २२ गते बेलुका ७ बजे भित्र पेश गर्न अनुरोध गरेको छ । साथै प्रस्ताव फाइलको पासवर्ड पुस २३ गते बिहान १० बजेभित्र पेश गर्न समेत अनुरोध गरिएको छ ।

बैंकले उक्त निक्षेप राख्ने बैंक तथा वित्तीय संस्थाका लागि विभिन्न १७ वटा शर्त तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्ने साथै न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको हनुपर्ने लगायत रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved