गण्डकी प्रदेशको अधिकांश सहुलियत कर्जा तीन जिल्लामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 12:24:37 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा २५ अर्ब ७४ करोड रुपैयाँ सहुलियतपूर्णक कर्जा प्रवाह भएको छ । जसमध्ये ७२.२ प्रतिशत अर्थात १८ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ कर्जा कास्की, नवलपरासी पूर्व र तनहुँ गरी तीन जिल्लामा मात्रै प्रवाह गरेको देखिएको छ । 

त्यसमा पनि कास्की जिल्लामा मात्रै ४२.५ प्रतिशत अर्थात १० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । त्यस्तै नवलपरासी पूर्वमा १६.९ प्रतिशत अर्थात ४ अर्ब ३४ करोड ८० लाख र तनहुँमा १२.८ प्रतिशत अर्थात ३ अर्ब २९ करोड ८८ लाख रुपैयाँ सहुलियपूर्ण कर्जा प्रवाह भएको देखिन्छ । 

अन्य जिल्लमा भने २७.८ प्रतिशत यस्तो कर्जा भएको पाइएको छ । गण्डकी प्रदेशको आर्थिक अध्ययन प्रतिवदेन अनुसार मनाङ्ग जिल्लाको हिस्सा सबैभन्दा कम ०.२ प्रतिशत रहेको छ । मनाङ्गमा जम्माजम्मी ४ करोड ५६ लाख रुपैयाँको कर्जा प्रवाह भएको देखिन्छ । त्यसैगरी, मुस्ताङ्गमा ०.९ प्रतिशत अर्थात २३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

जिल्लागत रुपमा यस्तो छ सहुलियतपूर्ण कर्जा :-                                                                                                

                                                                                                                 रु. दश लाखमा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved