सिबिफिन र एनएमबिको अध्यक्षबाट विदा हुँदै पवन गोल्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 11:02:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र एनएमबि बैंकको अध्यक्षबाट उद्योगी पवन गोल्यान विदा हुने भएका छन् ।  एनएमबि बैंकको अध्यक्षमा नदोहोरिने भएपछि सिबिफिनको अध्यक्ष्बाट पनि उनी विदा हुन लागेका हुन् ।

आज बस्ने सिबिफिनको संचालक समितिको बैठकमा अध्यक्षबाट राजीनामा दिएर विदा हुने उनको तयारी रहेको छ । गोल्यान ग्रुपको अध्यक्ष समेत रहेका गोल्यान कै अग्रसरतामा सिबिफिनको जन्म भएको थियो ।  

नीतिगत रुपमा राज्य तथा अन्य सरोकारवालासँग लबिङ तथा सहजीकरण गर्ने गराउने उदेश्यले गोल्यानको अग्रसरतामा सिबिफिन खुलेको हो । गोल्यान सिबिफिनका संस्थापक अध्यक्ष पनि हुन् । सिबिफिनले हाल चौथो साधारणसभा पनि सम्पन्न गरिसकेको छ । सिबिफिनमा बैंक तथा वित्तीय संस्थाका संचालकहरु सदस्य रहने व्यवस्था छ । 

 सिबिफिनको अध्यक्षबाट गोल्यानको राजीनामापछि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल सिबिफिनको अध्यक्ष बन्ने स्रोतले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved