मौद्रिक नीतिमा उल्लेख गरिएको 'ग्रीन फाइनान्स ट्याक्सोनोमी'को मस्यौदा सार्वजनिक, सुझाव दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 07:46:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले 'नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) को मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सो मस्यौदा तयार पारेर सुझवको लागि सार्वजनिक गरेको हो ।

 राष्ट्र बैंकले सो मस्यौदामाथि २ महिना भित्र सुझाव दिन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।  राष्ट्र बैंकमा उपलब्ध हुने गरी लिखित रुपमा अथवा इमेल ठेगाना [email protected] मा सुझाव दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था बमोजिम यो मस्यौदा तयार पारेको हो । मौद्रिक नीतिमा 'Green Financing लाई प्रोत्साहन गर्न हरित वण्ड निष्काशन गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी Green Taxonomy को मस्यौदा तर्जुमा गरिने' उल्लेख थियो । 

यहाँ क्लिक गरेर मस्यौदा हेर्न सकिन्छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved