यी हुन् निफ्राका १० ठूला शेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 10:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) मा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनीको रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी कम्पनीमा रहेको उल्लेख छ 

कम्पनीमा नेपाल सरकारको १० प्रतिशत शेयर लगानी रहेको छ । नेपाल सरकार कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हो 

त्यस्तै  कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ८.९५ प्रतिशत, र ग्लोबल आई.एम.ई बैंकको ५.४८ प्रतिशत शेयर लगानी रहेको छ । एन.आई.सि.एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको समान ५ प्रतिशत शेयर लगानी रहेको छ । त्यस्तै प्रभु बैंकको ४.९२ प्रतिशत, लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को ४.२० प्रतिशत, र नेपाल पुर्नबिमा कम्पनीको २.४७ प्रतिशत शेयर निफ्रामा रहेको छ ।

एसियन लाईफ इन्स्योरेन्सको १.७५ प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेडको १.२५ प्रतिशत र नितेश अग्रवालको १.२१ प्रतिशत शेयर रहेको छ । नितेश अग्रवाल बैंकको सबै भन्दा ठूला व्यक्तिगत लगानीकर्ता हुन् । 

हाल बैंकको चुक्ता पुंजी २१ अर्ब ६० करोड रहेको छ । बैंकमा सर्वसाधारण शेयरधनीको ४० प्रतिशत स्वामित्व रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved