ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 06:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउने भएका  छन् । 

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउने व्यवस्था गरेको हो। उक्त छुट योजना यहि माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ । 

बैंकका अनुसार जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved