लक्ष्मी सनराईज बैंकले सुरु गर्यो 'ई-कमर्स अक्वायरिङ गेटवे' सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 02:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा सुचारुमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले VISA को सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकले व्यक्त गरेका छन् ।

१२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली संचालकका साथै PCI SSC को Board of Advisory र PCI DSS Version 4.0 ₹ PCI PIN प्रमाणित संस्था पनि हो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाइ विभिन्न कार्ड संजाल मार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved