एनआईसी एशिया बैंकले भन्यो 'कुनै पनि शाखा बन्द गर्ने योजना छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 09:25:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले शाखा बन्द गर्ने लागेको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बैंकले एक एक विज्ञप्ति जारी गर्दै कुनै पनि शाखा बन्द गर्ने योजना नरहेको र शाखा बन्द गर्न रह्स्त्र बैंकमा निवेदन पनि नदिएको जनाएको छ ।

बैंकले भनेको छ 'आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तीमार्फत स्पष्ट पार्न चाहन्छौं ।' शाखा बन्द लागेको भन्ने विषयमा सत्यता नरहेको र सो बाट भ्रमित नहुन बैंकले सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको बैंकले उल्लेख गरेको छ ।

हाल बैंकका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल रहेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved